होली पर्वले राष्ट्रिय एकतालाई बलियो बनाउँछ:  मुख्यमन्त्री अधिकारी

पाेखरा | फागुन २२, २०७९

होली पर्वले राष्ट्रिय एकतालाई बलियो बनाउँछ:  मुख्यमन्त्री अधिकारी

पोखरा:   गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले रङहरुको पर्व फागुपूर्णिमा तथा थकाली समुदायको महान् पर्व तोरन्लहको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

    
उहाँले यी पर्वले नेपाली समाजलाई एक सूत्रमा बाँध्दै आपसी सद्भाव, सहिष्णुता, प्रेम र भाइचाराको अभिवृद्धि गरी राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

    
“यस वर्षकोे फागुपूर्णिमा (होली पर्व) तथा तोरन्लह पर्वले नयाँ उमङ्ग एवं हर्षोल्लास प्रदान गरोस् र सबै नेपालीबीचको एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्ने उत्प्रेरणा हामी सबैमा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ । 


नेपालका विभिन्न जात-जातिका आ-आफ्ना मौलिक जातीय, भाषिक, सांस्कृतिक र धार्मिक परम्परा राष्ट्रिय पहिचान भएको सन्देशमा उल्लेख छ । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्